जेष्ठ नागरिकको साहरा वडा कार्यालय



 

टेक बहादुर पुन ।

देउखुरी । बर्षाको समय, बुढ्यौली उमेर । बृद्द बृद्दालाई राम्रो झुल र छाता चाहिन्थ्यो, गरिव जिन्दगी । राम्रो झुल किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छर ? सरकारले दिने बृद्द भत्ता दुई चार हजार न हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो । बिपन्न थिए त्यसैले बर्षायाममा छाता र झुलको आशमा थिए दाङ्गको गढवा गाँउपालिका वार्ड नम्बर ५ का जेष्ठ नागरिकहरु ।

त्यही आशालाई पुर्ती गर्नका लागी बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडा अन्तर्गतका २५ जना जेष्ठ नागरिकलाई सम्मान सहित एक(एक थान झुल, छाता र हर्लेस बितरण गरेको छ ।

 

लक्षित बर्ग कार्यक्रम अन्तर्गत वडा नम्बर ५ ले २२ हजार रुपैया खर्च गरेर ८० बर्ष माथिका जेष्ठ नागरिकलाई एक(एक थान झुल, छाता र हर्लेस बितरण गरेको वडा अध्यक्ष प्रकाश भण्डारीले बताए । “जेष्ठ नागरिक हामि सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष भण्डारीले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । जेष्ठ नागरिकको दैनिकि सहज होस् भनेर उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए ।

वडा अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गढवा ५ बोदिपुर निवासी ९५ वर्षीय लिखिराम चौधरीले भने( गाउँ(गाउँमा स्थानिय सरकार आयो भन्थे, अहिले अनुभूति भयो । अर्का जेष्ठ नागरिक गढवा ५ पर्ना निवासी ८७ वर्षीय प्रशादी चौधरीले समय सापेक्ष झुल र छाता पाएकोमा खुसि ब्यक्त गर्दै वडा अध्यक्ष सहित सबै वडा परिवारलाई आगामी सफल्ताको लागि शुभकामना पनि दिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्