Skip to Content

बालिका बलात्कार गरेको ठहर गर्दै १६ वर्ष कैद

बालिका बलात्कार गरेको ठहर गर्दै १६ वर्ष कैद

नवलपुर । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोम बहादुर तामाङ्गलाई १६ वर्ष कैद सजाय तोकिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका कावासोती ३ का मोक्तान काईला भन्ने सोम बहादुरलाई ब्ुाधवार जिलला अदालत नवलपुरका न्यायाधीश विष्णु प्रसाद उपाध्यायको ईजलासले १६ वर्ष कैद सजाय तोकेको हो ।

यस्तै बालिकालाई ७५ हजार क्षतीपुर्ती भराउने गरेर फैसला गरेको जिल्ला अदालत नवलपुरका सूचना अधिकृत दुर्गा वहादुर कार्कीले जानकारी दिए ।

बालिकालाई मोक्तानले गत असोज २७ गते बलात्कार गरेका थिए । पीडित बालिकाका अभिभावकले सोही दिन नै जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा उजुरी गरेका थिए । पीडित पक्षको उजुरीपछि फरार रहेका तामाङलाई प्रहरीले मङ्सिर १ गते पक्राउ गरेको थियो ।

Previous
Next