खोलाले दियो सास्ती – कतै गाडी डुबे,कतै सडक नै बगायो



दाङ । पुल निर्माणको काम नसकिदै बाढीले दाङको कटुवा खोलाको पुलसंगै सडक बगाएको छ । गएराति देखि आएको बाढीले पुलसंगैको सडक बगाएको हो । बाढीले पुलको दक्षिण भागमा रहेको पिलरमा समेत क्षति पु¥र्याएको छ । पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण सेवा प्रालि.ले ६ बर्ष देखि पुल निर्माणको काम अलपत्र छाडेको छ । बाढीले पुल र सडक बगाउँदा यातायातका साधनसंगै संयौ यात्रु अलपत्र परेका छन् ।घोराही लमही सडक खण्डमा पर्ने उक्त सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सडक सुचारु गर्न घोराही उप–महानगरपालिका, सडक डिभिजन कार्यालय दाङको स्याक्याभेटर, डोजर, प्रयोगगरी पुल र सडक मर्मतको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।


जिल्लाको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र रानीघाट गरी लमही–घोराही तुलसीपुर सडक खण्डमा दश वटा खोला पर्दछन् छन् । निर्माण कम्पनीको लापरवाहीका कारण लमही–घोराही तुलसीपुर सडक खण्डको बबई नदी ,सिस्ने खोला,कटुवा खोला,गुर्जे खोला,पत्रे खोला र संक्राम खोलामा निर्माधिन ६ वटा पुलको अलपत्र रहेको छ । २०७१ साल देखि सुरु गरिएको पुल निर्माणको काम पटक पटक म्याद थप गर्दा पनि ठेकेदारले पुरा गर्न नसेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । एउटाले कामको ठेक्का लिने र अर्काे ठेकेदार बनाएर जिम्मा दिने प्रवृत्तिले सडक र पुल निर्माणको काम अलपत्र परेको कार्यालयको भनाई छ ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्