बचतका लागि बैंक आवश्यक छ-उवा संघका अध्यक्ष भण्डारी



ओमप्रकाश गुप्ता
। सिसहनियाँ उद्योग वार्णिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले पैसा बचतका लागि बैंक आवश्यक रहेको बताएका छन् ।
देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा बिहीबार १७ औ शाखाको रूपमा कर्णाली डेभलपमेन्ट बैंकको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष भण्डारीले बैक मार्फत जनताहरूलाई छिटो ,छरितो र सर्वसुलभ तरिकाले सेवा दिन पनि आग्रह गरेका छन् ।


बैंकका अध्यक्ष राजेन्द्रविर रायको अध्यक्षतामा भएको बैंक उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, साविक सिसहनियाँ गाविसका निवर्तमान अध्यक्ष शिवा शर्मा ,प्रगतिनगर खानेपानीका अध्यक्ष शान्तराज शर्मा , सिसहनियाँ उद्योग वार्णिज्य संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बैकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार राउतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सर्मिला महतराले गरेकी थिइन् । यसै बिच लमहीमा पनि सिभिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । विहिवार लमहीमा सिभिल बैंकले ९४ औँ शाखाको रुपमा आफ्नो शाखा विस्तार गरेको हो । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले ९४ औँ सिभिल बैंक लमही शाखाको उद्घाटन गरेका हुन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्