Skip to Content

भारत जादा पुरुष नेपाल फर्कदा महिला (भिडीयो)

भारत जादा पुरुष नेपाल फर्कदा महिला (भिडीयो)

 

धनगढी घर भएका सुरेन्द्र माललाइ आफ्ना परिवारले भारतमा उतै पढ्ने ,उतै कमाएको पैसा घरमा पठाउने सर्तमा ६ बर्ष अघि भारत पठाएका थिए तर बिडम्बना अहिले सुरेन्द्र घर फर्किए तर परिवारमा सबै सदस्यको होस उडेको छ । परिवार मात्र हैन गाउँका सबै अच्चमित छन , कृष्णपुर नगरपालिका १ दोमिल्लाका सुरेन्द्र माल पहिलेको जस्तो रहेनन् ।

अहिले उनको नाम पनि प्रियामा फेरिएको छ , हाउभाउ , चालचलन सबै महिलाको जस्तै छ कारण उनको लिङ्ग नै काटिएको छ । उनी भनिन्छिन भारत जादा म १८ बर्षको थिए , तेस्रोलिङ्गीहरुको समुहले लिङ्ग काटेको उनी बताउछिन । लिङ्ग काटिएपछी उनलाइ केटिको पहिरनमा विभिन्न नाचगान र सुभ कार्यमा नाच्न लगाइयो ।

रेलवय स्टेसन र बसपार्क तिर उनलाइ माग्ने काम लगाइयो , सुरेन्द्रका अनुसार मेरठ बस्न इलियास नामका ब्यक्तिले उनको यो अवस्था बनाएको र आफुले मागेर जम्मा गरेको कमाइ पनि इलियासले नै लैजाने कुरा उनी बताउछिन ।

Previous
Next