Skip to Content

नामै काफी छ दाङको खोला, पानी मुनीको पुल

नामै काफी छ दाङको खोला, पानी मुनीको पुल

घोराही, । घोराहीको कटुवाखोला पुलमा विहिवारबाट गाडी चलेको छ । तर पुलको पूर्ब तर्फको क्षेत्रमा गिट्टी र माटोले फिलिङ गरेका कारण पुल नै जोखिममा परेको छ ।

बुधवारराती देखी आएको भेल पुल मुनिबाट बग्न नसकेपछि पुलका पूर्बभाग कटान गरेको छ भने आधादर्जन घरहरु डुवानमा परेका थिए । उक्त पुलको पूर्बभाग कटान गरेपछि विहानैदेखी त्यसको मर्मतमा यहाँको स्थानिय प्रहरी प्रशासन जुटेको थियो ।

 

कटान गरेको भागमा विहानैदेखी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित ठेकेदारका कामदारहरुले ग्याविन जाली लगाएका छन् । कामचलाउ मर्मतपछि पुलमा गाडि चलेका छन् । सामान्य मर्मतपछि पुलवाट सिङ्गल गाडिहरु आवतजावत गर्न सहज भएको छ  दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले केही महीनादेखी नै पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गर्दै आएका थिए ।

उनी आफै नै प्रायजसो कटुवाखोला पुलको अवलोकनमा पुग्ने गर्थे । तर, ठेकेदारले काम सम्पन्न गर्न चासो दिएनन् । लगातारको वर्षाले पुलको केही भाग कटान गरेपछि दिनभरजसो आवागमन सहज भएन् ।

 

अहिले अवेर रातिसम्म काम गरेर पुल सञ्चालनमा ल्याईएको प्रजिअ रिजालले बताए । कटुवाखोला पुलको भत्किएको भाग आफै खटिएर काम चलाउ मर्मत गरेर सेवा सुचारु गरेपछि प्रजिअ रिजालले चेतावानी दिदै भने–अब म्यापुलको निर्माणको जिम्मा शंकरमालि निर्माण सेवाको तर्फपाट स्थानियरुपमा घोराहीका पदम शर्माले लिएका थिए ।

उनले ठेकदार र सडक डिभिजन कार्यालयको लापरबाहीले काम समयमा नभएको भन्दै ठेकदारले आफुले पनि काम नगर्ने र काम पनि नछाड्ने गर्दा पुल निर्माणको काम समयमै सक्न नसकिएको र आफुहरु काम गर्न अगाडि सरेपछि ठेकदार नदेखिएको बताए । उनले अब यो पुलको म्याद पनि नथपिने र भुक्तानीका लागि सिफारीस नगर्ने चेतावानी दिए ।

 

रिजालले काम नगर्ने यो निर्माण कम्पनिलाई कालोसुचिमा राखेर कारवाही गर्न र ठेक्का तोड्न पनि सिफारीस गर्ने चेतावानि दिए । थप पनि हुदैन, भुक्तानीका लागि सिफरीस गर्दैनौ, सडक डिभिजन र ठेकेदारले लापरबाही गर्दा बिकास निर्माण काममा समस्या भयो ।

 

Previous
Next