बाढी पहिरो पीडितको उद्दारमा सहयोग गर्नै विप्लवको निर्देशन



 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव समुहले बाढी पहिरो र डुबानमा परेर बिपदमा परेकाहरुलाई राहत र उद्दार गर्न निर्देशन दिएका छन् ।

एक विज्ञप्ति जारी गरी देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली दिंदै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएका हुन् ।

एक प्रेस बिज्ञप्ति जारि गर्दै प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्