दाङमा २० औँ मुक्ति दिवस मनाइने



ओमप्रकाश गुप्ता
। मुक्त कमैया समाज र कमैया महिला जागरण मञ्च दाङले साउन २ गते लमहीको सार्वजनिक बगैचामा २० औँ मुक्ति दिवस मनाउने भएको छ ।

मञ्चका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा आइतबार लमहीमा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको छ । सरकारले कमैया मुक्ति घोषणा गरेको बिहीबार २० वर्ष पूरा हुदै छ।

लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयाहरुलाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।

दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा रहेका कमैयालाई मुक्त भएको घोषणा गरी कमैयाले लिएको ऋण मिनाहा गर्दै कुनै व्यक्तिलाई कमैया श्रमिकको रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

सरकारले मुक्त कमैयाहरुको बसोबासको व्यवस्था मिलाउनुका साथै घर निर्माण खर्च, काठ तथा विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्