शाहरुख खानलाई ५ औं पटक डाक्टर उपाधि !



 

एजेन्सी अभिनेता शाहरुख खान ५ औं पटक डाक्टरको उपाधिबाट सम्मानित हुने भएका छन् । मेलबर्न फिल्म फेस्टिवलमा ला टर्ब युनिभर्सिटीले खानलाई डाक्टर उपाधिद्धारा सम्मान गने भएको हो ।

मीर फाउन्डेसन नामक संस्था खोलेका खानलाई गरिब बालबालिकालाई सहयोग संगै महिलालाई अगाडि बढ्न मद्दत गरि मनोरन्जन मार्फत दुनियामा ठुलो योगदान पुर्याएको भन्दै खानलाई यो सम्मान दिन लागिएको हो ।

शाहरुखलाई सन् २००९ मा ब्रिटिश युनिभर्सिटीले पहिलो पटक डाक्टर उपाधि दिएको थियो । त्यसपछि उनी २०१५ मा एडिनबर्ग युनिभर्सिटी, २०१६ मा हैदरावादको मौलाना आजाद ने शनल उर्दु युनिभर्सिटी र २०१९ कै अप्रिलमा लण्डन विश्वविद्यालयबाट डाक्टर उपाधिबाट सम्मानित भएका थिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्