नेपाल आदिवासी जनजाति महासंघद्वारा लोक सेवा आयोग अगाडि प्रदर्शन (भिडीयो सहित)



 

लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन फिर्ता लिन माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले  आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको छ।केही दिनदेखि संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै आरक्षण बचाऔं आन्दोलनले विभिन्न प्रदर्शन गर्दै आएको छ।

आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गरे भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका थिए।

आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ। विज्ञापनअनुसार चार लाखले आवेदन दिइसकेका छन्।आयोगले शुक्रबारदेखि लिखित परीक्षा लिँदैछ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्