प्रदेश २ मा सोमबार सार्वजनिक विदा



इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले भोलि सोमबार सार्वजनिक विदा दिने भएको छ ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा बकर इद को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचार, सुख र शान्तिको अभिवृद्धिको कामना होस् ।’

उलने इद हर्षोल्लाससाथ मनाउन आग्रह गरेका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्