रवि लामिछाने सहित तीनै जनालाई चितवन जिल्ला अदालतमा पेश



 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।
तीनै जनालाई बिहीवार नै चितवन पुर्‍याइएको हो । पत्रकार पुडासैनीको शव चितवनको पोखरा बसपार्कस्थित होटल कंगारूमा फेला परेको थियो ।

स्वर्गीय पत्रकार पुडासैनीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा लामिछाने सहितका ३ जनाका कारण आफू आत्महत्या गर्न बाध्य भएको कुरा नामै किटेर उल्लेख गरिएको छ ।

सोही भिडीयोको आधारमा अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्