थरुहटको देउखुरीमा बृहत् य्राली



 

टेकबहादुर पुन ।

देउखुरी । थरुहट थारुवान राष्ट्रिय समितिले सद्भाव मुलक कार्यक्रम अन्तर्गत दाङ्गको देउखुरीमा बृहत मोटरसाईकल य्राली निकालेको छ । कैलालीको टिकापुरको घटनापछि छिमेकी जिल्लामा हाल सम्मपनि सामाजिक सद्भाव कायम नरहेको भन्दै समितिले सद्भावमुलक य्रालि निकालेको हो ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुर घटनालाई दुःखद घटनाको रुपमा लिएको भन्दै त्यसैको सम्झनामा सद्भावमुलक कार्यक्रमको आयोजना गरिएको थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिती देउखुरीका संयोजक चेतराम चौधरीले जानकारी दिए ।

गत २०७२ भदौ ७ गते थरुहट थारुवान आन्दोलनका क्रममा १ नावालक र प्रहरी प्रमुख सहित ७ जना प्रहरी जवानको मृत्यु भएको थियो । लमहीबाट शुरु भएको करिब २ सय ५० वटा मोटरसाईकिल सहितको य्रालीले देउखुरीका गढवा, काँलाकाटे, भालुवाङ्ग हुँदै लमही बजार परिक्रमा गरेको थियो ।

लमहीमा सम्पन्न कोणसभा लाई सम्बोधन गर्दै समाजवादी पार्टी नेपाल ५ नम्बर प्रदेशका अध्यक्ष आशोक कुमार यादवले टिकापुर घटना पश्चात् पनि त्यहाँ सद्भाव कायम नरहेको भन्दै कायम राख्नका लागि सरकार र आन्दोलनकारी पक्ष दुवै जिम्मेबार हुनुपर्ने तर्क गरे । उनले पहिचानबादी आन्दोलन कायमै रहेको भन्दै राज्यले पहिचान पक्षधरको मागको सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले आफूहरुको जाती विशेषको नभइ अधिकार प्राप्तीको लागि पहिचानको आन्दोलन जारी रहेको बताएका छन् । कोणसभामा आदिबासी जनजाती महासँघ लमहीका अध्यक्ष किशोर कुमार घर्ती, प्रकाश चौधरी, चेतराम चौधरी, मानवहादुर चौधरी, दुर्गा यादव लगायतले आ(आफ्नो भनाई राखेका थिए । थारु समुदायको वाहुल्यता रहेको दाङमा पनि जातिय द्घोन्द अझै कायम रहेको भन्दै दाङमा सामाजिक सद्भावमुलक कार्यक्रम थालनी गरिएको हो ।

 

थरुहट थारुवान समितिले भदौ ७ देखी ९ गते सम्म कैलालीको टिकापुरमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । देशभरका थारु नेता तथा कार्यकर्ता कैलालीमा सहभागि हुने कोणसभामा जानकारी गराईएको थियो ।
सत्तापक्ष, प्रतिपक्ष लगायत नागरिक समाजका अगुवालाइ सहभागी गराईने टिकापुरको सम्मेलनमा दाङ देउखुरीबाट ६ वटा बसमा कार्यकर्ता लग्ने बताइएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्