रबि लामिछानेलाई पाचँ दिन हिरासतमा राख्न आदेश



पत्रकार रबि लामिछाने  सहित तिनै जनालाई पाचँ दिन थुनामा राख्न  चितवन जिल्ला अदालत ले आदेश दिएको छ। पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले आदेश दिएको हो।

आज शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्