प्रजिअले ब्लड बैंक स्थापना गर्न सबै किसिमको प्रयास गर्ने



शहबाज खान,कपिलवस्तु/भाद्र , सशस्त्र प्रहरी ऐन २०५८ लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपाल ले ऐतिहासिक दिन को रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यता का साथ मनाउन आज भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देही को आयोजना मा सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तु ,सशस्त्र प्रहरी बल नेपाल नं. ३९गुल्म हे.क्वा.(रा.तथा भ.ग.सु) कृष्णनगर कपिलवस्तु र लायन्स क्लब आफ कृष्णनगर को सहयोग मा खुल्ला रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल नं.३९गुल्म कृष्णनगर को प्रागण मा सम्पन्न भयो।

कार्यक्रम का प्रमुख अतिथी कपिलवस्तु का प्रमुख जिल्लाधिकारी गजेन्द्र बहादूर श्रेष्ठ,सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति स.प्र.ब.उ.कुमार न्योपाने,स.प्र.ब.नेपाल नं.२८ का सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी,कृष्णनगर भन्सार कार्यलय प्रमुख,आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,विजयनगर गाउपालिका प्रमुख,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख,ईलाका प्रहरी कार्यलय गणेशपुर प्रमुख,लायन्स क्लब आफ कृष्णनगर अध्यक्ष,अशोका कर्ण,लायन्स क्लब का जिल्ला सल्लाहकार लायन्स दिनेश चन्द्र गुप्ता,सचिव अनिल कुमार मोदनवाल,उपाध्यक्ष सनाउल्ला खान,लायन्स क्लब आफ चन्द्रौटा का अध्यक्ष शिवराज सापकोटा, रेडक्रास का प्रतिनिधी,के.आई.नेपाल का कृष्णनगर प्रमुख,लगायत पत्रकार समाजसेवीहरु रहनु भयो।

रक्तदान जीवन दान बराबर रहेको र कपिलवस्तु जिल्ला मा ब्लड बैंक न रहेको अवस्था निकै असहज रहेको साथै ब्लड अवश्यकता रहेका व्यक्ति हरु बाहिरा जानु पर्ने बाध्यता देखा परे काले कपिलवस्तु जिल्ला मा नै ब्लड बैंक स्थापना गर्नु पर्ने कुरा मा जोड दिदै आफू बाट हुना सक्ने हरेक प्रयास गर्ना तैयार रहेको प्रमुख अतिथि श्रेष्ठ ले बताउनु भयो।

उक्त रक्तदान कार्यक्रम मा सशस्त्र प्रहरी का क्रमचारी,नेपाल प्रहरी,पत्रकार र सरकारी गैर सरकारी,संघ संस्था का व्यक्ति,व्यापारी,सर्व साधारण गरी जम्मा ८० जनाले ८० यूनिट रक्तदान गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्