धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा



नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताउनुभएको छ ।

नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उहाँले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताउनुभयो ।

“धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ”, उहाँले भन्नुभयो । धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्