नर्स बन्ने सपना साँचेकी अप्सरा नेपाली जिवनको दुहाई माग्दै



 

प्रेम सुनार

। भर्खरै एसईई परिक्षा दिएर नतिजाको पर्खाईमा रहेकी गुल्मी पुर्तिघाटकी १६ बषीया अप्सरा नेपालको नतिजा पनि सोचे जस्तो आई रहेको बेला उनको स्वास्थ्य अवस्थाको नतिजा भने निकै गम्भीर आयो ।

कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ पुर्तिघाटको निम्न परिवारमा जन्मिएकी अप्सरालाई स्वास्थ्य परिक्षण गराए पश्चात आन्द्रामा क्यान्सर रोग लागेको पत्तो लाग्यो ।

सामन्य ब्यापार गरेर श्रीमति र तीन सन्तानको गुजरा चलाउँदै आएका उनका बाबु एसबहादुर सार्की छोरीलाई त्यति ठुलो विमार लागे पछि अकल्गुम परे । सुरुमा पाल्पाको लुम्विनी मेडिकल कलेजमा लगियो अप्सरालाई । त्यहाँ सम्भव नभएपछि काठमाण्डौंको टिचि अस्पतालमा पु¥याईयो । टिचिङ्घले बीर अस्पतालमा रिफर ग¥यो ।

उनलाई काठमाण्डौ राख्दा र र परिवारजन आवत जावत गर्दा खर्च पुराउन नसके पछि उनका बाबुले भारतमा रहेका आफन्तजनबाट चन्दा उठाएर उपचार गर्न सकिन्छ कि भनेर यति बेला दिल्लीको बालाजी क्यान्सर अस्पतालमा लगेर भर्ना गरिएको छ ।

त्यहाँ रहेका नेपालीहरुले चन्दा उठाई रहे पनि प्रयाप्त नभए पछि एसबहादुरले छोरी बचाउनका लागि हामीलाई फोन गरेर सहयोगको हात फैलाएका हुन् । मेरो छोरी बचाई दिनुहोस् तपाईलाई मेरो मेरी छोरीको आत्माले आशिष दिने छ एसबहादुरले गहभरी आँशु पादै– भने ।

कलिगण्डकी गाउँपालिका वडा नम्वर ४ का वडा सचिव गौरव नेपाली भन्छन् अप्सराले एसईई परिक्षा दिएर नर्स पढ्ने सपना साँचेकी थिईन तर उनका साथीहरु कक्षा ११ मा भर्ना हुन थालेको बेला उनी भने अस्पतालको शैयामा बस्नु परेको छ । जसको सपना पुरा गराई दिन हामी सबै संग सहयोगको अपिल गर्दछौं ।

उनलाई सहयोग गर्न चाहने महानुभावहरुले उनै एसबहादुर सार्कीको मोवाईल नम्वर ००९१९९५८९४५७३६ मा सम्पर्क राखेर कैलास बैंक खाता नम्वर ०४७५३६००१५००५९०००००१ र अप्सराका जेठाबाबु टुकबहादुर सार्की कुमारी बैंकको खाता नम्वर ०८६००३३८२८६०००००१ उपलब्ध गराईएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्