दुईलाख नहुदा हस्पिटलमा अलपत्र कुमारी परियार



पैसा नहुँदा डाक्टरले शल्यक्रियाको समय तोकेनन्
धरान । मजदुरी गरेर २ छोरा र १ छोरीको लालनपालन गर्दै आएकी धरान ११ की एकल महिला कुमारी परियार यतिबेला भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराउन २ लाख रकम अभाव हुँदा छटपटाई रहेकी छन् ।
घाँटीमा थाईराइटको क्यान्सर भएकी कुमारी हाल ४० वर्षकी भईन् । १६ वर्ष अघि नै आफ्ना श्रीमान् पर्शुराम परियारको देहान्त भएपछि छोराछोरीलाई पालनपोषण गर्दै धरान ११ मा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्ने कुमारीलाई यतिबेला आपत परेको हो । उनको छोरीको विवाह भईसकेको छ भने छोराहरु आमाकै भरमा धरानमा जिईरहेका थिए ।
कुमारीका भाई पुष्प परियार भन्छन्–‘दिदीको आर्थिक अवस्था नाजुक छ, हामी आफन्तले सक्दो सहयोग ग¥यौं तर अब उहाँको लागि करिब २ लाख रकम चाहिन्छ भनेर डाक्टरले भनेका छन् । पैसा जम्मा गर्न नसकिएकोले डाक्टरले शल्यक्रिया गर्ने मिति तोकेका छैनन् । त्यसैले मानवीय रुपमा गरिब दुःखीलाई आपतको घडीमा सहयोग गरिदिनुहुन सबै नेपाली दिदीबहिनी तथा दाजुभाईमा हार्दिक अपिल गर्दछौं ।’

कुमारी परियारलाई क्यान्सर (क्या.थाइराइड) रोग लागि ०७६ साउन २९ गतेदेखि भक्तपुर क्यान्सर हस्पिटलमा सम्बन्धित विशेषज्ञबाट उपचार गराउँदै आएको अस्पतालका सिनियर काउन्सलर बालकेशरी कोजुले जानकारी दिएकी छन् । कुमारीलाई नेपाल सरकारको बिपन्न राहत कोषबाट गरिबी तथा असहायले पाउने १ लाख बराबरको सेवा सुविधाका लागि धरान उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीबाट सिफारिस उपलब्ध भए पनि बिरामीका लागि आवश्यक पर्ने औषधी तथा अन्य व्यवस्थापनका लागि अझै रकम आवश्यक रहेको बताइएको छ ।

सहयोग गर्न चाहने महानुभावहरुले विरामी कुमारी परियारका भाई पुष्प परियारलाई सिधा सम्पर्क गरी आर्थिक सहयोग गर्न सकिने वा बिरामीलाई सिधै भेटेर सहयोग गर्न सकिने छ । सम्पर्कका लागि ९८४२२७८०१२ वा ९८०७००४७३० नम्बरको मोबाइल फोन उपलब्ध गराईको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्