ख्रिष्टियन महासंघको प्रदेश भेला सम्पन्न

माघ १६ गते अधिवेशन गर्ने निर्णय गर्दै आयोजक समिति चयन


मोरङ । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको १ नम्बर प्रदेश भेला मोरङको पथरीशनिश्चरे–४ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा भदौं ३० गते सम्पन्न भएको छ । भेलाले एनोश गजमेरको संयोजकत्वमा प्रदेश समिति चयन गरेको छ ।
समितिले आगमी माघ १६ गते १ नम्बर प्रदेशको अधिवेशन गर्ने भएको छ भने त्यसअघि प्रदेशका १४ जिल्लामा नै समिति विस्तार गरी सक्ने भएको छ । समितिको सदस्यहरुमा इन्द्रबहादुर नेपाली, डिल्लीराम पौडेली, धनराज राई, गायत्री प्रसाद थेबे, डिबी सिलास राई, सुकबहादुर राई, बिजय राई, हिमाङसु राय, भिम लामिछाने, एडवीन राई, मन खुदाङ, खगेन्द्र श्रेष्ठ, तारा दवाडी, जोन मुर्मु, सरोज राई, पूर्णलाल तामाङ, सूर्य तामाङ, धनकुमार राई, पूर्ण लिम्बु, योगेन्द्र राई, रामु सुवेदी र अविधन राई चयन भएका छन् ।
समितिले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा जिल्ला जिल्लामा प्रशिक्षण सहित जिल्ला भेला ४ महिना भित्र सम्पन्न गर्ने र माघ १६ गते प्रदेश अधिवेशन गर्न महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले निर्देशन दिएका छन् । महासंघले केन्द्र, प्रवास, प्रदेश, जिल्ला र स्थानीय तहसम्म आफ्नो संगठन बनाउन पाउने विधान अनुसार महासंघको तल्लो स्तरसम्म समिति निर्माणमा जुटेको महासंघका सदस्य सचिव कर्णलाल पाण्डेले जानकारी दिए । महासंघमा मण्डलीबाट प्रतिनिधि चयन भएर जानुपर्ने र त्यस्ता प्रतिनिधिहरुको भेलाले समिति तय गर्नेछ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्