सैघालीका संयोजक ‘सरु सुनार’ सम्मानित



सैघाली खबर।
सैघाली मिडिया ग्रुप प्रा।लि।का कार्यक्रम संयोजक तथा अभियन्ता सरु सुनार सम्मानित भएकी छन् । दलित सेवा संघको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा हिजो राजधानीमा आयोजित एक भव्य समारोहमा सामाजिक विभेदका विरुद्ध सशक्त रुपमा संचार वकालत गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।


कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दोसल्ला ओढाएर उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।अभियन्ता सुनार लामा समयदेखि सामाजिक न्याय र समानताका लागि सशक्त रुपमा आवाज उठाउँदै आएकी छन् ।

उनको आवाजले आगामी दिनमा थप उचाइँ प्राप्त गरोस् सैघाली मिडिया ग्रुप प्रा।लि।को तर्फबाट पनि हार्दिक शुभकामना ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्