गुल्मीमा भिरबाट लडेर २ जनाको मृत्यु 



गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३ वर्षिय बिरहादुर केसी र मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरीमा नरे सार्कीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक डिएसपी मिनबहादुर घलेले जानकारी दिएका छन।

बिरबहादुर पसलमा सामान किन्न गएका थिए । तर लामो समय सम्म पनि घर नफर्केपछि घर परिवारले खोज्दै जाँदा भिरबाट लडेर मृत भएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै नरे सार्कि घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुुबै जना जना करिव ३ सय मिटर अग्लो भिरबाट लडेर खसेको प्रहरीले जनाएको छ । मृतक २ जनाको शवलाई गुल्मी अस्पताल तम्घासमा पोष्टमार्टको लागि ल्याएको प्रहरीले जनाएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्