राप्ती नदिमा डुबेर एक युवक बेपत्ता



ओमप्रकाश गुप्ता भदौ ३१, भालुवाङ्ग। सोमबार अपरान्ह ४ बजेपछि दाङको देउखुरी भालुवाङ्गका एक २४ वर्षका युवक राप्ती नदिमा डुबेर बेपत्ता भएका छन् ।

भालुवाङ पुरानो बजारकाे गाउँमा बस्ने खगेन्द्र बुढाथोकीका छाेरा वर्ष २४ का सुरेश बुढाथोकी नजिकैको राप्ती नदिमा पौडिने क्रममा बगेर बेपत्ता भएको पारिवारिक भनाइलाई उध्दृत गर्दै इलाका प्रहरी कार्यालय भालुवाङ्गले जानकारी दिएको छ ।

नदिपारी अर्घाखाँचीको लाहापे गाउँबाट आउने क्रममा भालुवाङ्गस्थित नेपाल राष्ट्रिय माविदेखि लाहापे जाने झोलुङ्गे पूलदेखी केहीमाथीबाट अाफ्ना अन्य साथीहरूलाई मोबाइल र कपडा दिएर पौडेर पारि जान्छु भन्दै नदिमा पौडिन गएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरुको संयुक्त रूपमा उनको खोजी कार्य भइरहेको थाहा भएको छ ।

नदिमा केही दिनदेखि बाढी आएकोले खोजी कार्यमा केही समस्या भएको समाचार श्रोतले बताएको छ

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्