लेक लागेर एक पर्यटकको मृत्यु



सोलुखुम्बुमा एकजना पर्यटकको मृत्यु भएको छ ।

भारतीय मूल केन्याका ३३ वर्षीय गोविन्द लखमानको मंगलबार लेक लागेर मृत्यु भएको हो । करिब चार हजार २०० मिटरको उचाइमा लेक लागेर भ्रमण दलका एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।

यस्तै, लेक लागेरै बिरामी भइ अलपत्र परेका ७ विदेशी र एक नेपालीसहित ८ जनाको भने उद्धार गरिएको छ । उनीहरुलाई कैलाश र डाइनेष्टि एअरका हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । केही दिनयता लगातार परेको वर्षाले पर्यटकहरुलाई हिँड्डुलमा समेत प्रभाव पारेको बताइएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्