काठमाडौं खुला दिसामुक्त जिल्ला घोषणा, असोज १३ गते राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गरिने



काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौं पहिचान’ भन्ने नारासहित २०६५ सालबाट सुरु गरिएको सरसफाइ अभियान सफल भएको भन्दै काठमाण्डौ जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रमका प्रदेश सांसद नारायण सिलवालले काठमाडौंलाई खुला दिसामुक्त घोषणा गरेका थिए । काठमाडौं जिल्लाभित्रका महानगरपालिका तथा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा आउँदो असोज १३ गते राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने जानकारी दिइएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्