यस्तो प्रेम जहाँ न जातले जित्यो, न धनले



सरु सुनार/सैघाली खबर

कठमाडौं । कतिपय जीवनका अनौठा र पत्यार गर्न नसकिने घटनाहरु चलचित्रका पर्दामा मात्रै देखिन्छन् । तर कहिलेकसो मान्छेको जीवनमा पनि चलचित्रका कथामा भन्दा अनौठा र अपत्यारिला घटना आइपर्छन् । अनि यस्तो बेला हात दिने भन्दा साथ छोड्ने धेरै हुन्छन् । आफ्नैले सहयोग गर्नुको सट्टा बहाना बनाएर टाढा हुन्छन् ।

गोर्खाको सहिद लखन गाउँपालिका घर भएका बिक्रम सुनारको जीवनमा भने ठ्याक्कै यसको उल्टो भइदियो । दुःख र अप्ठ्यारो परेपछि साथ दिने र हात समात्ने व्यक्तिको साथ पाए, त्यो पनि केही दिन, महिना र वर्षका लागि होइन, बाचुञ्जेलसम्मका लागि ।

तीन वर्ष अघि पोखराको एउटा दोहोरी रेष्टुरेन्टमा बिक्रमले गीतको लयमा जीवनको भाका मिलाउथे । उनको आवाजमा जो कोही लठ्ठ पर्थे । उनको आवाजका पारखीहरु गीत सुनिसकेपछि भन्थे, ‘निकै मिठो स्वर छ । अझै अगाडि बढ्नु ।’

एक दिन दोहोरीमा गीत गाएर मोटरसाइकलमा कोठा फर्कदै थिए उनी । दुर्घटनमा परे । उनलाई अहिलेसम्म पनि केही थाहा छैन की, त्यो दुर्घटना थियोे या कसैको नियोजित घटना । धेरै दिनपछि होस् आउँदा पोखराको चरक अस्पतालमा हातखुट्टा नचल्ने अबस्थामा पाए आफूलाई । के भो, कसो भो केही याद थिएन उनलाई । कल्कलाउँदो जीवनको केही गरौं भन्ने उमेर हात खुट्टा नै गुमाउनु परेको दुःखद् अवस्थाले उनलाई जीवन जिउनु नै निरर्थक लाग्यो । मनमा पटक पटक आत्म हत्याको सोच आउन थाल्यो । तर मर्न पनि त कहाँ सजिलो हुँदोरहेछ र ? उनी भन्छन्, ‘अहिले मरौं, अब मरौं भन्ने सोच तब परिवर्तन भयो जब, मनुले मेरो मन नै परिवर्तन गरिदिइन् ।’

मनु ? को हुन् उनी, जसले शारीरिक रुपमा अपांगता भएका बिक्रमलाई लामो जीवन बाँच्न प्रेरणा दिइन् ? जीवनभर साथ दिने बाचा दिइन् । हेर्नुस् तिनै मनु लामा र बिक्रम सुनारको प्रेम, जीवन र मनका कुरा….

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्