७८ केजी ८ सय ग्राम लागूऔषध गाँजासहित एक जना पक्राउ



जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७८ केजी ८ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडाबाट बाराको पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच गर्दा प्रहरी कार्यालय पशुपतिनगरको नेतृत्वको संयुक्त टोलीले सो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले ट्रक चालक अफ्रिका चौधरीलाई गोली प्रहार गरी पक्राउ गरेको हो । प्रहरी टोलीले ट्रक चेकजाँच गर्न प्रहरी जवान संजिवकुमार दासलाई ट्रकको क्याबिन भित्र जाँच्न पठाएको थियो । तर चालकले प्रहरीलाई ट्रक भित्रै कब्जा गरी ट्रक भगाएका थिए ।

अपहरण शैलीमा प्रहरी जवान समेत कब्जामा लिएर ट्रक फरार भएपछि पछ्याउने क्रममा करीब ३ किलोमिटर पर नयाँबस्ती सडक खण्डको जङ्गलभित्र लगेर प्रहरी जवान दासलाई चालकसहित अर्को एकजनाले निर्घात पिटिरहेको देखेपछि प्रहरी जवान छुटाउन प्रहरीले २ राउण्ड गोली प्रहार गरेको थियो । गोली लागेर ट्रक चालक वीरगञ्ज वडा नम्बर २९ बस्ने अफ्रिका चौधरी घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्