इटहरीमा फ्रि वाईफाई



इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीका बिभिन्न ठाउँमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको छ ।

सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंक सँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी इटहरी मेनचौक, इटहरी बसपार्क, बुढिगंगा मुक्तिघाट, लक्ष्मी नारायण मन्दिर पचरुखी चौक, वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा बजार र तालतलैया पार्कमा निशूल्क वाइफाई सेवा उपलब्ध गराएको हो ।

इटहरीका अन्य ठाउँमा समेत बिस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर बनाउँन फ्रिवाईफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ । फ्रि वाइफाइ सेवा उपलब्ध भएपछि सर्वसाधारण जनता खुशी भएका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्