उपाधिका लागि वडा नम्बर ५ र वडा नम्बर १ भिड्ने

'निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप'


धनगढी । पुर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा धनगढीमा भईरहेको निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधिका लागि आज वडा नम्बर ४ र वडा नम्बर १ भिड्ने भएका छन् । क्वाटरफाईनल र सेमिफाईनलका खेलमा जित हात पार्दै दुबै टीम उपाधिका लागि भिड्ने भएका हुन् । वडा नम्बर ५ को स्टार सिटी क्लब र वडा नम्बर १ को फारवेष्ट पशुपती युवा क्लब आज शुक्रबार उपाधिका लागि भिड्न लागेका हुन् ।

निसर्ग अस्पतालको मुख्य प्रायोजनमा भईरहेको निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिताको विजेताले नगद ३० हजारसहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगदसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित ट्रफी मेडल पुरस्कार दिईनेछ ।

पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा वडा नम्बर १ फारवेष्ट पशुपति युवा क्लबले वडा नम्बर ७ नवोबुद्ध युवा क्लबलाई १०—१ ले हरायो । फारवेष्टले यसअघि क्वाटरफाईनलमा वडा नम्बर ५ फोर्स मोटर्सलाई ५—३ ले पराजित गरेको थियो ।

दोस्र्रो सेमिफाईनलमा वडा नम्बर ५ स्टार सिटी क्लबले वडा नम्बर ४ ए लाई ७—३ ले किनारा लगायो । वडा नम्बर ४ पहिलो चरणको खेलमा पराजित भए पनि बेष्ट लुजर हुँदै क्वाटरफाईनल पुगेको थियो । वडा नम्बर ४ ए भने आफ्नै वडाको बी टीमलाई हराएर सेमिफाईनल पुगेको थियो । यसअघि स्टार सिटीले क्वाटरफाईनलमा वडा नम्बर ८ धनगढी युवा क्लबलाई १०—१ ले हराएको थियो ।

प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडाका टीमहरुको सहभागी रहेको थियो । फुटसल प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ टीमको सहभागीता रहेको थियो ।

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना भईरहेको प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ । सह—प्रायोजकमा गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग रहेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्