बाजुरामा पदम खत्री स्मृति तथा बडिमालिका कप भलिबल हुने



धनगढी । बाजुरामा पदम खत्री स्मृति तथा बडिमालिका कप भलिबल हुने भएको छ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा भलिबल प्रतियोगिता असोज २२ गतेदेखि २५ गतेसम्म हुने आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हुने चार दिने भलिबल प्रतियोगिताको विजेताले नगद ५१ हजार एक सय एघारसहित टफी र मेडल पाउनेछ ।

उपविजेताले नगद २५ हजार एक सय एघार सहित टफी र मेडल पाउनेछ । उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउनेछ ।

हरेक दुई वर्षमा प्रतियोगिता आयोजना हुने र यो प्रतियोगिताको दोस्रो संस्करण रहेको प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले जानकारी दिए । खुल्ला भलिबल प्रतियोगिता भएकोले जुनसुकै टीमले पनि प्रतियोगिता खेल्न पाउने संयोजक खत्रीले बताए ।

२०७४ सालदेखि प्रतियोगिता सुरु भएको थियो । पहिलोे संस्करणको विजेताले नगद ३० हजार सहित टफी मेडल तथा उपविजेताले नगद १५ हजार सहित टफी र मेडल दिईएको थियो ।

धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलन सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमर सिंह खत्रीको अध्यक्षता र खेल हुने पार्वती माविका प्रधानाध्यापक कर्णवहादुर थापा प्रमुख अतिथि रहेका थिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्