भ्रष्टलाई दण्डित गर्ने कार्य शुरु भएको मन्त्री पण्डितकाे भनाई



फाईल फोटो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको बताएका छन् ।

विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पण्डितले कुल बजेटको २५ प्रतिशत सडक निर्माणमा खर्च भइरहेकाले गुणस्तरीय काम नगर्नेलाई कार्बाही गरिने बताए । मन्त्री पण्डितले नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको जानकारी पनि दिए । उक्त सडक सञ्जाल जोड्न आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यकालागि काम अगाडि बढाउन शुरु गरिएको बताए । मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत र्पुयाउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धि आउने बताए । अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्