२६ सहरमा टेलिकमको फोरजी सेवा



काठमाडौं । नेपाल टेलिकमले यही असोज १५ गतेदेखि देशभरका २६ वटा ठूला र साना सहरमा फोरजी सेवा शुरु गर्ने भएको छ । टेलिकमले फोरजी सेवाको आफ्नो पहिलो परियोजना अन्तर्गत १५ असोजदेखि सो सेवा उपलब्ध गराउन लागेको हो ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले देशभरका मुख्य शहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालन गर्न लागेको हो ।

यसका साथै साना शहरहरु अन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने प्रवक्ता वैद्यको भनाइ छ ।

पहिलो चरणमा ती सहरमा फोरजी सेवा सुरु भइरँदा थप नयाँ ठाउँमा समेत फोरजीको परीक्षण सेवा भने कायमै रहने टेलिकमले जनाएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्