तेह्रथुमको म्याङलुङ बसपार्कमा यात्रु सहायता कक्ष संचालन सुरु



इन्द्र नेपाली तेह्रथुम

चाडपर्वको अवसरमा यात्रुहरुको सहजताका लागि म्याङलुङको बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा आएको छ । चाडपर्वका समयमा घर फर्कने यात्रुहरुको सजिलोका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका बेला यात्रु ठगिने, लुटपाट हुने र चोरी हुने जस्ता क्रियाकलाप बढ्ने भएकोले त्यसको रोकथामका लागि यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरी नायव उपरीक्षब नविन किशोर प्रधानले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलय तेह्रथुम र अस्थायी ट्राफिक पोष्ट म्याङलुङको संयुक्त आयोजनामा संचालित यात्रु सहायत कक्षको प्रहरी नायव उपरीक्षब नविन किशोर प्रधानले उद्धघाटन गर्नुभएको छ ।

कक्ष संचालनमा आएसंगैँ यात्रुहरुले चाहेको बेला कक्षमा सोध्न सक्नेछन् । यात्रु सहायता कक्षमा प्रहरीको डयुटी रहने तथा यात्रुहरुले कुनै पनि गुनासो, उजुरी, यात्रा गर्दा असुरक्षित असहज भए, यातायात व्यावसायीहरुले तोकेको भन्दा बढी भाडा लिए यात्रु सहायता कक्षमा आएर उजुरी गर्न सकिने छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्