फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट खेलका लागी नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा



कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपाली टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलमा रहेकै खेलाडी टिममा राखेका छन् । यस्तै चाईनिज ताइपेसँग खेल्दा रहेका दुई खेलाडी परिवर्तन गरिएको छ ।

नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन् । दुवै खेलाडी ताइपेविरुद्ध टिममा थिएनन् । छनोटको समूह ुबीु मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ ।

छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो । अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्