राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ को दशै शुभकामना तथा वृहत साँस्कृतिक कार्यक्रम को तयारी पुरा



प्रेम विवश घर्ती
दाङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ले वडा दशै को अवसर मा १७ गते शुक्रवार गर्ने दशै मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम को तयारी पुरा भएको जानाएको छ । प्रतिष्ठान का अध्यक्ष राजेन्द्र दाहाल का अनुसार घोराही कर्मचारी मिलनकेन्द्र को प्राङ्गणमा मा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार हरु को साथ मा वृहत सास्कृतिक कार्यक्रम सहित दशै मिलन कार्यक्रम को तयारी पुरा भएको बताउनु भएको छ ।

कार्यक्रम मा चन्द्र शर्मा , यादव नाथ योगी, सन्दिप न्यौपाने , विपीन आचार्य, भूमिका गीरी,नन्दा बस्याल, टीका जैसी लगायत करिब एक दर्जन कलाकारको बजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्