आइ एम ई नेपाल लोक स्टारमा टप ६ प्रतिस्पर्धि

भोट प्रकृयामा आज १२ बजेसम्म रहेको


काठमाडौं / लोक गायन रियालिटि शो आइ एम ई नेपाल लोक स्टारको २९ औँ भागमा टप ६ प्रतिस्पर्धिहरुले उत्कृष्ट प्रस्तुति दिएका छन् ।

बीहीबारको अतिथि जजमा चर्चित वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटाको उपस्थिति थियो भने, जज बि.बि अनुरागी अनुपस्थित थिए । सम्पुर्ण टप ६ प्रतिस्पर्धिहरुले अथिति जज शम्भुजित बास्कोटाको गीतमा प्रस्तुति दिए । रोल्पाका शनि बिश्वकर्माले उत्कृष्ट प्रस्तुति दिएर सबैलाई नचाए । स्वास्थ्यले साथ नदिँदा नदिँदै पनि बेजोड प्रस्तुति दिएका शनि बिश्वकर्माले आफुलाई साथदिन र भोट दिन अनुरोध गरेका छन् ।

आफ्नो सामाजिक संजालमार्फत उनले आज १२ बजेसम्म रहेको भोट प्रकृयामा सहभागी भई आफुलाई जीताउन अपिल गरेका छन् ।
स्वास्थ्य अवस्था नराम्रो भएपनि आफुले सकेसम्म राम्रो प्रस्तुती दिएको पनि उनले बताएका छन् ।

उनले आफ्नो अनुरोधमा भनेका छन्, ‘आजसम्म जसरी माया साथ सहयोग गरेर भोट गर्दै यहासम्म पुर्याउनुभएको छ। यो पाली पनि त्यहि सहयोगले मलाई अर्को ईपिसोड मा पुर्याईदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । भोट गर्नका लागि ( L 24 टाईप गरेर 37000 ) मा सेन्ड गर्दिनुहोला ।’

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्