दांग जिल्ला किकेट संघले दांगको सबै स्थानीय तहमा क्रिकेट बिकास समिति गठन गर्ने

दांगमा १० वटा स्थानीय तहमा क्रिकेट बिकास समिति


दांग , असोज १७,

दांगमा १० वटा स्थानीय तहमा क्रिकेट बिकास समिति गठन गरिने भएको छ । पछिल्लो समय क्रिकेटको गतिबिधिमा र क्रेज बृद्धि संगै दांग जिल्ला किकेट संघले दांगको सबै स्थानीय तहमा क्रिकेट बिकासको लागि गतिबिधि सञ्चालन  गर्न  आफ्नो  आधिकारिक लुज फोरमको रुपमा उपसमितिहरु  गठन गर्ने निर्णय  संघको शुक्रबार बसेको बैठकले गरेको सचिब संजु केसिले  जनाएका छन । जस्को लागी संघका उपाध्यक्ष किशोर घर्ती, सचिब संजू केसी र कोषाध्यक्ष बाल कृष्ण खत्री लाई संयोजनको जिम्मा  प्रदान गरिएको छ।

 स्थानीय तह क्रिकेट बिकास समिति  गठन गर्न आतंरिक कार्यबिधि निर्माण अंतिम चरणमा रहेको संघले जनाएको छ । संघको बिधानमा यो प्राबधान नरहेपनि जिल्ला ठुलो र धेरै स्थानीय तह भएकोले  सबैस्थानीय तह र स्थानीय तहका  प्रतिभाहरुलाई समान अबसर प्रदान गर्ने  उदेश्यले जिल्ला किकेट संघले स्थानीय तह क्रिकेट बिकास समिति  गठन गर्न लागेको संघका अध्यक्ष प्रदीप मजगैयाले जनाउनु भएको छ। साथै बैठकले सबै स्थानीय पालिकामा एक क्रकेट  मैदान एक प्रशिक्षकको लागि स्थानीय तह हरुसंग  पुन समन्वय गर्ने, पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न पहल गर्ने लगायतका निर्णय गरेको छ। बैठक  संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा बसेको थियो।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्