राष्ट्रीय गीत तर्फ उत्कृष्ट १० बाट उत्कृष्ट ३ मा पु¥याउन गायक घर्ती को अनुरोध



नेपाली गीत सङ्गीत लाई अन्तराष्ट्रीय स्तर सम्म प्रवर्द्धन गर्ने उद्देय ले अमेरिका को न्युयोर्क मा पहिलो पटक हुन लागेको वल्ड म्युजिक अवार्ड २०१९ मा गायक प्रेम विवश घर्ती उत्कृष्ट १० मा परेका छन् । विभिन्न विधा मध्ये राष्ट्रिय भाव को गीत हाम्रो नेपाल राम्रो नेपाल बाट दाङका गायक प्रेम विवश घर्ती मनोनीत भएका हुन् । घर्तीले आफुलाई उत्कृष्ट ३ मा पु¥यान को लागी सबै दर्शक, श्रोता लाई भोट गरिदिन अनुरोध गरेका छन् ।गायक घर्ती लाई भोट गर्न मोबाइल को म्यासेज बकस मा गइ wn स्पेस 18e टाइप गरि 33001 मा send गरेर र अनलाइन र फेसबुक पेजबाट पनि अक्टोबर १५ सम्म भोट गर्न सकिने छ भने एउटै मोबाइल बाट पनि एक भन्दा बढी जतिपनि भोट गर्न सकिने छ ।

त्यस्तै वल्ड नेपालि म्युजिक अवार्ड २०१९ मा १ उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला २ भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला ३ आधुनिक गीतः पुरुष र महिला ४लोक दोहोरी गीतः पुरुष र महिला ५ लोक गीतः पुरुष र महिला ६ गीतकार ७ संगीतकार ८ म्यूजीक भिडियो निर्देशन ९ संगीत संयोजन १० लोपन्मुख गीतः पुरुष र महिला ११ पप गीतः पुरुष र महिला १२ लोक गीत लय संकलक तथा १३ म्युजीक भिडियो मोडलः पुरुष र महिला लाई पुरस्कार प्रदान गरिने अध्यक्ष आङ्गेलु शेर्पा ले जानकारी दिए भने उत्कृष्ट १० मनोनयन लाई काठमाडौ स्थीत होटल अन्नपूर्ण मा एक समारोहकाविच प्रमाणपत्र वितरण गरिएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्