देउखुरी पव्लिक स्कुलकाे दशैँ मिलन तथा बनभाेज सम्पन्न



पवन पाेख्रेल, दाङ – लमहीमा रहेकाे देउखुरी पव्लिक स्कुलकाे विजया दशमी,शुभदिपावली र छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान तथा बनभाेज कार्यक्रम आज जखेरामा सम्पन्न भएको छ ।

स्कुलका भाइस प्रिन्सिपल माेहनलाल घिमिरेकाे सभापतित्व साथै वि.व्य.सका अध्यक्ष जागेश्वर बसेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण सेयरधनि,शिक्षक शिक्षिका ,पत्रकार भानु जाेशि, सञ्चारकर्मी पवन पाेख्रेल,
देउखुरी माेबाइल संघका अध्यक्ष भिम भुसाल र संघका बरिस्ठ उपाध्यक्ष बिजय सिह ठकुरी, राजु गिरि, अभिभावक शुशिला केसि लगाएत अतिथि थिए ।

विद्यालयकी शिक्षिका सिमा भुसालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि जागेश्वर बसेलले गरेका थिए ।

कार्यक्रममा सवारी दुर्घटनामा खुट्टा गुमाउनुभएका देउखुरी पब्लिक स्कुलका शिक्षक दिपक खनाललाई लाई भु. पु प्रिन्सिपल बिशाल खड्का साथै डेनमार्क स्थित नेपालीबाट सहयाेग रू ५६००० एवं देउखुरी पव्लिक स्कुलका एम डि साथै प्रिन्सिपल भुमाण्डव केसी र किसन भट्टराईबाट ४४००० गरि कृतिम खुट्टा र थप उपचारका लागि १ लाखकाे चेक हस्तान्तरण गरिएको थियाे ।

कार्यक्रममा सहभागीहरूले नजिकिँदै गरेका चाडपर्वकाे अवसरमा विद्यालय परिवारलाई शुभकामना दिएका थिए । स्थानीय समाजसेवी शिक्षाप्रेमि,सामाजिकअभियान्ता, बुद्धिजीवी, अभिभावक, व्यापारीगरि ३० जनाभन्दा बढीको सहभागीता रहेकाे कार्यक्रमकाे सहजिकरण विद्यालयका शिक्षक तथा पत्रकार भानु जाेशिले गरेका थिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्