नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम

मुख्यमन्त्री पोखरेल भन्छन् उद्योग, व्यापार बिना देस बन्दैन


नेपालगन्ज बाँके, असोज १८
नेपालीहरूको महान चाड विजया दशमी, दिपावली, छठ पर्व- २०७६ एवम् नयाँ वर्ष हिजरी १४४१ को सुखद उपलक्ष्यमा नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बिरुवामा पानी हालेर कार्यक्रमको उदघाटन गरि पर्वको अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघको प्रगति र सफलताको सुभकामना व्यक्त गरेका हुन । मन्त्री पोख्रेलले उद्योग बिनाको देशमा प्रगती हुन नसक्ने बताउँदै व्यपारीहरुलाई उत्साहित गरेका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश न ५ को कृषि बिकास मन्त्री आरती पौडेल र संघीय सांसद सुजिता शाक्यले पनि नेपालीहरूको महान चाड विजया दशमी, सुभ दिपावली, छठ पर्व- २०७६ एवम् नयाँ वर्ष हिजरी १४४१को उपलक्ष्यमा नेपालगन्ज उद्योग वाणिज्य संघ र अन्य प्रतिनिधीहरुलाई मन्तव्य सहितको शुभकामना प्रदान गरेका हुन ।

कार्यक्रमको समापन नेपालगन्ज उद्योग वाणिज्य संघ र यस कार्यक्रमको अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी बाँकेका उपरीक्षक एसपि वीर बहादुर ओलि, धर्मगुरु, लगयायत अन्य प्रतिनिधि, पत्रकार र सुरक्षाकर्मीहरुको उपस्तिथिमा उक्त कार्यक्रम भएको हो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्