टी ट्वेन्टी श्रृंखलामा नेपालले हङकङ्सँग खेल्दै



ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वेन्टी क्रिकेट श्रृंखलामामा नेपालले आज पहिलो खेल हङ्‍कङसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । पहिलो खेल जितेर नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ । उद्घाटन खेलमा आयोजक ओमानसँग पराजित भएको सिंगापुर पनि प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्ड सहभागी छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष स्थानमा रहने टिमलाई बिजेता घोषित गरिनेछ । नेपालबाहेक चारवटै टिम युएइमा हुने टि ट्वेन्टी विश्वकपको ग्लोबल छनौटको तयारीमा छन् ।

टि ट्वेन्टी विश्वकप खेल्ने संभावना सकिइसकेको नेपालले भने यस प्रतियोगितालाई आगामी सागको तयारीका रुपमा लिएको छ । सिंगापुरमा जिम्बावे सम्मिलित टि ट्वेन्टी श्रृंखला खेलेर नेपाली टोली दोस्रो टि ट्वेन्टी श्रृंखला खेल्न ओमान पुगेको हो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्