महाराको स्वास्थ्यमा समस्या



बलात्कार प्रयास गरेको आरोपमा सोमबार साँझ पक्राउ परि हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महाराको स्वास्थ्यमा समस्या देखिएको छ ।

पक्राउ लगत्तै महराको बीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

उनले महरामा उच्च रक्तचाप र अक्सीजनको कमी देखिएको बताए । महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने एसएसपी सुवेदीले जानकारी दिनुभयो । अदालत २८ गते मात्र खुल्नेछ । अदालत खुलेसँगै म्याद थपको अनुमति लिइने जनाइएको छ । त्यसपछि दुबै पक्षलाई सरकारी वकिलको कार्यालयबाट बयान लिने काम सुवेदीले बताउनुभयो ।

घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्ने सुवेदीले बताए । महरामाथी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्