जिपिएलकाे उपाधि त्रिशूल किंग्सलाई



राप्ती गाउँपालिकामा भएको दोस्रो जिपीएलमा त्रिशुल किङ्गसलाई उपाधी
ओमप्रकाश गुप्ता
भालुवाङ २० असोज । दाङ देउखुरीको राप्ती गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो चरणको ग्लोबल प्रिमियर लिग (जि.पि.एल) क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिशुल किङ्गस राप्ती गाउँपालिका २ लालमटियाले हात पारेको छ । भने टस जितेर पहिले व्याटिङ गर्दै त्रिशुल किङ्गसले नाइट राइडर्स भालुवाङलाई १८४ रनको लक्ष्य दिएको थियो । १८४ रनको विजय लक्ष्य पछ्याएको नाइट राइडर्स भालुवाङले २० अोभर सकिदा ९ विकेटको क्षतिमा जम्मा १२८ रन बनाएको थियो । खेलको दोस्रो उपाधी नाइट राइडर्स भालुवाङले हात पारेको छ । यसै बिच खेलको अाइतवार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीको खेल मैदानमा समापन गरिएको छ ।
ग्लोबल युथ क्लब राप्ती गाउँपालिकाको आयोजनामा बिजयादशमी तथा दिपावलीको अवसरमा प्रतियोगिता समापन गरिएको हो । क्लवका अध्यक्ष रमेश कंडेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा खेल समापन भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार मेडल,ट्रफी र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद २० हजार मेडल,ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियोे । कार्यक्रमको सञ्चालन क्लवका सहसचिव पवन आचार्यले गरेका थिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्