के छ महराको स्वास्थ रिपोर्टमा ?




असोज २०, काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा हिजो साँझ प्रहरीले नियन्त्रणमा राखेको निवर्तमान सभामुख कृष्णबहादुर महाराको स्वास्थ्यमा समस्या देखिएको छ।

पक्राउ परे लगत्तै उनको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार महराको शरीरमा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ।

‘पक्राउ पछि उहाँको स्वास्थ्य परीक्षण गरिएको हो, स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ, सुवेदीले बताए, ‘उहाँले पहिले देखि नै उच्च रक्तचापको औषधी पनि खाने गरिरहनु भएको रैछ।’

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्