कुटपिटबाट दाङमा एक जनाको मृत्यु



दाङ
कुटपिटबाट दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उप महानगरपालीका ५ बसन्तपुर बस्ने बर्ष १९ को राज कुमार केसीको कुटाईबाट घोराही उपमहानगरपालिका वडा नम्बर १५ शुष्मारोड बस्ने बर्ष ३२ को ईन्द्र बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मादक पदार्थ सेवन गरी बिबाद हुदा बाँसको ठेटाले टाउकोमा हान्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रवत्ता विनोद विक्रम शाहले जानकारी दिएका छन ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्