नव जागरणको दशैं मिलन, गाउँलेसँग झुमे दर्शक



टेकबहादुर पुन,
लमही, २० असोज । लमहीको कप्तानगञ्जमा दुईदिने बृहत् दशैं मिलन तथा साँस्कृतिक कार्यक्रम शुरु भएको छ । नवजागरण युवा तथा बाल क्लब (NAYACC) कप्तानगञ्जले आयोजना गरेको कार्यक्रमलाई लमही ७ का वडाध्यक्ष मोहन गिरिले बिधिबत रुपमा उद्घाटन गरेका हुन् । उदघाटन गर्दै वडाध्यक्ष गिरिले कार्यक्रमको सफल्ताको शुभकामना दिँदै धर्म, सँस्कृती र रितिरिवाज लाई बचाई राख्न आग्रह समेत गरे । चाडपर्बलाई भड्किलो, खर्चिलो र विलासिता नभई संस्कारयुक्त तरिकाले मनाउन गिरीले आग्रह गरे । देशको समृद्दीका लागि युवा नै जागरुक हुनुपर्ने बताउँदै गिरीले युवाको प्रोत्साहनका लागि आफू सधै लागिपर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष दुर्गेश जि. एम. को अध्यक्षता तथा वडा अध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्य एबम् ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती मगर र कर्री सामुदायीक बन उपभोक्ता समिति बनघुस्रीका अध्यक्ष किशोर कुमार घर्ती मगरको बिशिष्ट आतिथ्यमा कार्यक्रमको उदघाटन गरिएको हो । क्लबकि उपाध्यक्ष लक्ष्मी सुनारको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा सदस्यहरू सुनमाली बिक, कुल बहादुर बुढा मगर, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलिया, देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, महासचिब कमल जँग सिँह ठकुरी, शसस्त्र प्रहरी बल सिमा सुरक्षा अर्जुनखोलाका प्रहरी सहायक निरिक्षक कृष्ण प्रसाद भण्डारी, पत्रकारहरु शिबराज खनाल र शिबु खनाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लमही नगर कमिटी सदश्य राजेश चौधरी, ७ नम्बर वडा कमिटीका अध्यक्ष ओमराज गिरी, बुद्दिजिवि तथा समाजसेवी कर्ण बहादुर बुढाथोकि, देवा वली लगायतका बक्ताले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार तथा कार्यक्रमका सँयोजक टेक बहादुर पुनले गरेका थिए ।

कार्यक्रमको पहिलो दिन हास्य कलाकार कमल गाउँलेले आफ्नो कला प्रस्तुत गर्दै दर्शकलाई हँसाएका थिए । त्यस्तै गायक तथा सँगितकार यादब नाथ योगी, गायक ज्ञानेन्द्र स्वर्णकार, मोडेलहरु गोमा रिजाल र मेलिसा योगी सँग दर्शक झुमेका थिए । सोही अबसरमा सँस्थाका स्थानिय कलाकारले पनि आफ्ना नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो दिन २१ गते स्थानिय कलाकार सँगै अन्य कलाकारको पनि प्रस्तुति रहने आयोजकले सैघाली खबरलाई बताएका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्