टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा



काठमाडौं- यस वर्षको विजयादशमीको टीकाको साइत भोली मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । विजया दशमीको दिन देवी दुर्गा भवानकिो प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइंने प्रचलन छ । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु यस पर्वको विशेषता हो ।
घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका सुरु हुन्छ । बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँनुभयो ।
विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको पनि समितिले जनाएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्