दशैंको आशिषको अर्थ




आज सम्पूर्ण नेपालीहरूको महान पर्व दशैको दिन हो । आफ्ना मन्यवरबाट टीका र आशीर्वाद ग्रहण गर्न टाढा टाढाबाट आफन्तहरू जम्मा भइसकेका छन् । दशैमा संस्कृतमा दिइने आशिषको नेपालीमा अर्थ के हो त ? तपाईंको लागि हामीले यो सामग्री लिएर आएका छौं ।

आयुः द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
सौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्,राजा दशरथको जस्तो श्री होस्,राजा राममा झैं शत्रु नाश गर्ने सामर्थ्य प्राप्त हुन सकोस्, राजा नहुषमा झैं ऐश्वर्य प्राप्त होस्, हावासरि गति होस्, दुर्योधनलाई झैं सम्मान प्राप्त होस्, शन्तनुपुत्र भीष्मसरि पराक्रम मिलोस्, हलधर बलराममा झैं बल मिलोस्,कुन्तीपुत्र युधिष्ठिरसरि बल मिलोस्, ज्ञानी विदुरमा झैं विवेक सामर्थ्य मिलोस् अनि भगवान् नारायण समान कीर्ति प्राप्त होस् ।

विजया दशमीकाे २०७६ काे पावन उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्