प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु



प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ४ को माडी नदीको किनारामा २१ वर्षीय पोषण भण्डारी मृत अवस्थामा फेला परेको प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

स्वर्गद्धारी घुम्न भनि हिडेका दाङ तुलसीपुर ८ दुदेनाका मृत फेला परेका हुन ।

भण्डारीको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्