दसैंमा रित्तिएको काठमाडौँ भरिने क्रममा



दसैँ बिदामा रित्तो प्रायः भएको काठमाडौंमा उपत्यका बाहिरबाट मानिसहरू भित्रिने क्रम बढ्दो छ ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार दसैंको बेलामा काठमाडौं छाडेर छब्बीस लाख एकचालिस हजार मानिसहरू आफ्नो गृहजिल्ला तर्फ गएका थिए । दसैंको टीकाको दिन पछि आफ्नो कर्मथलो फर्कनेहरुको भीडले अहिले सवारी साधन भरिएका छन् । उपत्यकामा दसैंपछि आज सामान्य चहलपहल पनि बढेको छ । काठमाडौं उपत्यकामा सवारीसाधन पनि आज चल्न थालेका छन् ।

धेरै प्रतिष्ठान र विद्यालयहरू तिहार सम्म बिदा रहे पनि व्यापारिक एबम् अन्य कार्यालयहरू भोलि देखि खुल्दैछन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्