लोकप्रियता मोह




मार्क्स आफ्नो समयमा अत्यन्त अलोकप्रिय थिए । समाजको ठूलो हिस्सामा अलोकप्रिय । राजनितिको ठूलो हिस्सामा अलोकप्रिय । यति सम्म अलोकप्रिय कि उनी मर्दा मलामी जाने मान्छे केवल ५ जना थिए । कुनै समय सती प्रथाको विरोध गर्ने मान्छेहरु पनि अलोकप्रिय थिए । कमैया/कमलरी प्रथाको विरोध गर्ने मान्छे पनि अलोकप्रिय थिए । अमेरिकामा गोरा र कालाहरुको समानता माग्ने मान्छेहरु पनि अलोकप्रिय थिए । समाज रुपान्तरणको अभियानमा लोकप्रियता भन्दा अलोकप्रियता बढी प्राप्त हुन्छ ।

तर, जब राजनीतिक रुपान्तरण भन्दा चुनाव बढी महत्वपूर्ण हुन्छ, जब समाज बदल्नु भन्दा भोट जित्नु बढी महत्वपुर्ण हुन्छ तब जे जे गर्दा भोट आउँछ त्यही त्यही गर्न मन लाग्छ । जे गर्दा तत्काल लोकप्रिय भइन्छ त्यही गर्न मन लाग्छ । लोकप्रियतावादी बन्न मन लाग्छ । यसलाई सारसंग्रहवाद भनिन्छ ।

कुनै समूहलाई रक्सी खुवाउँदा लोकप्रिय भइन्छ र भोट आउँछ भने रक्सी खुवाउन मन लाग्छ । भोज भतेरले गर्दा लोकप्रिय भइन्छ र भोट आउँछ भने भोज भतेर गर्न मन लाग्छ । पैसा बाँड्दा लोकप्रिय भइन्छ र भोट आउँछ भने पैसा बाड्न मन लाग्छ ।

सडक र बाटो बनाएर मन जित्न गार्हो हुन्छ । त्यो गर्न कम मन लाग्छ । ब्रतबन्धमा उपस्थित भएर आत्मीय र लोकप्रिय बन्न सजिलो हुन्छ । त्यो बढी गर्न मन लाग्छ । पुल पुलेसा बनाएर मन जित्न अप्ठ्यारो हुन्छ । त्यो कम गर्न मन लाग्छ । पुजा-पाठमा उपस्थित भएर मन जित्न सजिलो हुन्छ । त्यो बढी गर्न मन लाग्छ। समाजको सुख दुखको साथी बन्ने एउटा विषय हो तर दिमागमा भोट राखेर सुख दुखको साथी बने जस्तो गर्नु अर्को विषय हो ।

समाज रुपान्तरणको अभियानमा लोकप्रियता भन्दा अलोकप्रियता बढी प्राप्त हुन्छ । समाज जस्तो छ त्यसैसँग सहकार्य गर्दा अलि बढी लोकप्रिय भइन्छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्